बुद्ध जयन्ती ः त्रीसंयोय पूर्ण पवित्र दिन

maitrinews

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन बुद्ध जयन्तीलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ । साथै उहाँले यही दिन बुद्धत्व प्राप्ती गर्नु भएको थियो भने उहाँको महापरिनिर्वाण पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएको थियो । त्यसैले वैशाख पूर्णिमा त्रीसंयोयले पूर्ण पवित्र दिन हो ।
नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । विलासी जीवन व्यतीत गरिरहेका र दुःख के हो भन्ने नै थाहा नपाएका राजा शुद्धोधनका छोरा सिद्धार्थले एकदिन दरवार बाहिर घुम्न जाने क्रममा चार निमित्तहरु रोगी, बृद्ध, मृतक र एक शान्त भिक्षु देखे । रोगी, बृद्ध, मृतक देखेर एक दिन म पनि यस्तै हुनुपर्छ भनी थाहा पाएपछि विचलित र चिन्तित बनेका सिद्धार्थ त्यसबाट छुट्कारा पाउने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख सयल छोडी शान्तिको खोजीमा निस्किएका थिए ।
छ वर्षको दुष्कर तपश्यापछि ३५ वर्षको उमेरमा भारतको बुद्धगयास्थित बोधिवृक्ष मुनि वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थले जीवनको सम्पूर्ण अन्धकारलाई नाश गरी बुद्धत्व प्राप्ति गर्नुभयो । सम्पूर्ण ज्ञानलाई यथार्थ रुपमा बुझ्mी बुद्धत्व प्राप्त भएसँगै उनी सिद्धार्थ गौतमबाट बुद्ध बने ।
बुद्धत्व प्राप्तिपछि उहाँले निरन्तर ४५ वर्षसम्म गाँउ–गाउँ, नगर –नगर जानुभई बहुजन हित , बहुजन सुखको लागि शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिई भव संसारबाट मुक्त हुने निर्वाणको बाटो देखाइदिए । उहाँले दिनुभएको शिक्षा आज आज पनि त्यतिकै सान्दर्भिक छ ।
४५ वर्षसम्म अनवरत रुपमा धेरै भन्दा धेरैको सिहत सुखका लागि उपदेश दिनुभई उहाँ कुसीनगर पुग्नुभयो । त्यतिबेला यहाँ ८० वर्ष पुग्नुभएको थियो । वैशाख पूर्णिमाको रातमा सम्पूर्ण संस्कार अनित्य छ भन्ने सन्देश दिँदै उहाँले आफ्नो नश्वर शरिर त्याग गर्नुभयो । त्यसैले वैशाख पूर्णिमा त्रिसंयोयले पूर्ण पवित्र दिन हो ।