अस्ट्रेलिया निर्वाचनमा प्रधानमन्त्री मोरिसन नेतृत्वको गठबन्धनको आश्चर्यजनक जित

maitrinews

 

अस्ट्रेलिया । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो कन्जर्भेटिभ गठबन्धनलाई आश्चर्यजनक नतिजा सहित सङ्घीय चुनावमा पुर्ननिर्वाचित गराएको भन्दै धन्यवाद दिएका छन्।
उनले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै आफूले सधैँ आश्चर्यमा विश्वास गरेकोु बताएका थिए। आइरहेका चुनावी नतिजामा लिबरल न्याश्नल गठबन्धन बहुमत नजिक देखिएको हो।
विपक्षी लेवर पार्टीका नेता विल सर्टनले हार स्विकार्दै राजिनामा घोषणा गरेका छन्।
एग्जिट पोल भनिने मतदान गरेर निस्किरहेकाहरूसँग गरिएको सर्वेक्षणहरूले लेवर पार्टी ६ वर्षमा पहिलोपटक झीनो बहुमतले विजयी हुने देखाएका थिए।