नेपाली र अमेरिकी सेनाबीच पोखरामा संयुक्त सैन्य अभ्यास

 

पोखरा । नेपाली सेना र अमेरिकी सेनाबीच विपत व्यवस्थापनसम्बन्धी सैन्य अभ्यास र तालिम पोखरामा सुरु भएको छ । ‘डिजास्टर रेस्पोन्स एक्सरसाइज एण्ड एक्सचेन्ज’९डिआरइई० नामाकरण दिइएको अभ्यास दुई देशको सेनाले ‘एसिया प्यासेफिक कमाण्ड’ले संयुक्त रुपमा आयोजना गरेको हो ।

संयुक्त सैन्य अभ्यासले भविष्यमा हुने सक्ने सम्भावित विपतलाई कम गर्न सहयोग पुग्ने आसा गरिएको छ । नेपालको भूगोल अनुरुप सुरक्षा रणनीति र प्रविधिलगायतको सामना कसरी गर्ने अनुभव आदानप्रदान हुनेछ ।

अभ्यासमा ६ देशका सेना सहभागी

सैन्य अभ्यासमा विभिन्न ६ देशका सेनाबीच सहभागी हुने भएको छ । नेपालको तर्फबाट सेना, सशस्त्र प्रहरी, प्रहरी, रेडक्रस, स्थानीय विपत् व्यवस्थापन समित र स्थानीय निकायका प्रतिनिधि सहभागिता रहेको छ ।

सैन्य तालिममा १३ देश सहभागी हुने भने पनि ६ देश मात्रै सहभागी भएको नेपाली सेनाको विपत नियन्त्रण निर्देशनालयका सहायक रथी जीतबहादुर गुरुङले जानकारी दिए । जेठ १२ सम्म चल्ने अभ्यासमा २२० जना सहभागी छन् ।

गुरुङका अनुसार सैन्य अभ्यासमा पोखराको पाताले छाँगो, फेवाताल, चमेरे गुफा, पोखरा स्वास्थ्या विज्ञान प्रतिष्ठान, मनिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा प्रयोगात्मक अभ्यास हुनेछ ।