मनाङको नारमा जेठमै हिमपात

maitrinews

 

हिमाली जिल्ला मनाङको नारमा भने हिमपात भइरहेको छ। गर्मीले तराईमा एकसरो लुगा लगाउन समेत मुस्किल परेका बेला मनाङको नारमा भने मुटु कमाउने जाडो बढेको छ।
‘४र५ वर्षअघि बैशाखमा हिउँ परेको थियो। त्यतिबेला अलिअलि परेको थियो। यो त हिउँ पर्ने समय होइन,’ नारगाउँका फुर्पा ठेले लामाले भने, ‘पुसमाघमा हिउँ पर्दैन बरु। पछिल्लो समय त बैशाख जेठमै हिउँ पर्ने पो भयो।’

नार्पाभूमि गाउँपालिका–१ का अध्यक्ष रितार छिपेल लामाले जेठमै हिउँ पर्नु नयाँ कुरा भएको बताए। नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामाले जेठ १ गतेयता प्रायः दिनदिनै हिमपात भइरहेको बताए। ‘सुरुमा हावाहुरी चल्छ। त्यसपछि पानी पर्छ। पानी पर्दापर्दै हिमपात हुने गरेको छ,’ उनले भने, ‘जेठमै ३ इन्चसम्म हिउँ जम्ने गरेको छ।’
संघीय संरचनापछि नार्पाभूमि गाउँपालिकाको १, २ र ३ नं। वडामा नार गाउँ पर्छ। ४ हजार १ सय २० मिटर उचाईको नार गाउँमा ८६ घरधुरी छन्।