सगरमाथामा ट्राफिक जाम

maitrinews

 

काठमाडौं । हिमाल आरोहणको सिजन सुरु भएसँगै भनियो, ‘यो पटक सगरमाथामा ट्राफिक जाम छ ।’ सामान्यतः मौसम राम्रो भएका बेला हिमाल चढ्न चाहनेहरु धेरै हुने भएकाले त्यसलाई सांकेतिक रुपमा ट्राफिक जाम भनिएको हो ।

तर, आरोही निर्मल पूर्जाले खिचेको एउटा तस्वीरले धेरैलाई सोच्न बाध्य बनायो, ‘के यो साँच्चै हो रु’
प्रश्न नगरुन पनि किन रु तस्वीरमा सगरमाथाको शिखरमा पाइला टेक्न चाहने आरोहीहरुलाई निकै लामो लाइन देखिन्छ । तर, यो तस्वीर वास्तविक भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

पूर्वबेलायती सैनिक समेत रहेका म्याग्दीका पूर्जाले ‘प्रोजेक्ट पोसिबल–१४र७’ अभियानका दौरान सगरमाथा आरोहण गरेका हुन् ।

८ हजार मिटरभन्दा अग्ला १४ हिमाल एकै सिजनका ७ महिनामा आरोहण गर्ने लक्ष्य लिएका उनले ८ जेठमा सगरमाथाको सफल आरोहण गरेका छन् ।

उक्त दिन सगरमाथा चुचुरो चुम्ने आरोहीको यति ठूलो लाइन बन्यो कि झण्डै ‘क्याम्प ४’ देखि चुचुरोसम्म आरोहीको बाक्लो लाइन देखिन्छ ।

सगरमाथा आधार शिविरमा सरकारी टोलीका एक सदस्य तथा सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार ७ जेठसम्म करीव ६ सय आरोही चुचुरोसम्म जान उपयुक्त मौसमको पर्खाइमा थिए । ७ जेठको बिहानबाट मौसम अनुकुल भयो । आरोहण खुल्यो । ९ जेठमा सर्वाधिक आरोही सगरमाथाको चुचुरोमा पुगेको अनुमान छ । यद्यपि सबै आरोही कुन दिन चढे भन्ने यकिन तथ्यांक आइपुग्न भने केही समय लाग्ने पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा बताउँछन् ।

८ जेठका दिन करीव २ सय आरोही चुचुरोमा पुगेको अनुमान छ । यो तस्वीर सोही दिनको हो । त्यहीका कारण आरोहीहरु सगरमाथाको शिखरमा पुग्न मात्र होइन, फर्किने बेला समेत घन्टौं जाममा परेका थिए ।
यसअघि ३ जेठ, २०७३ मा एकै दिन सर्वाधिक २ सय ५ आरोही चुचुरोमा पुगेको कीर्तिमान छ ।