चार विस्फोटमा चारको मृत्यु आठ घाइते

काठमाडौँ । पछिल्लो समय आतंकवादी गतिविधि गर्दै आएको नेकपा माओवादी विप्लव समूहले आइतबार विभिन्न चार स्थानमा विस्फोट गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ । विप्लव माओवादीले सुकेधारा, घट्टेकुलो, ग्वार्को र चन्द्रागिरीमा बम विस्फोट गराएको हो । विस्फोटमा परी कम्तीमा ८ जना घाइते भएका छन् ।

सुकेघारास्थित एक शैलुनमा र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो । सुरुमा सिलिण्डर विस्फोट मानिएको दुबै घटनामा प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नता भेटिएको छ । घट्टे कुलोमा सिलिण्डर बम लिन गएका र त्यहाँ विस्फोट भएपछि भागेर कोठामा आएका सात जनालाई प्रहरीले काठमाडौको कोटेश्वरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर जिल्ला सेक्रेटरी बुद्धिलाल पुन, बुद्धि सुनुवार, तेजराज काफ्ले तेजबहादुर मोक्तान रहेका छन्।

पक्राउ पर्नेहरुको कोठाबाट विस्फोट गराउन तयारी अवस्थामा रहेको कुकर बम फेला परेको छ। उनीहरूलाई सशस्त्र प्रहरीको विशेष टोलीले पक्राउ गरेर कोटेश्वर वृत्तको जिम्मा लगाएको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको छ।