युरोपेली संसदको चुनावमा शक्तिशाली दलहरूलाई धक्का

maitrinews

 

युरोपेली संसद्‌को चुनावका प्रारम्भिक नतिजाहरूले यसअघि वर्चस्व कायम गरेका मध्य दक्षिणपन्थी र मध्य वामपन्थी दलहरू साना दलहरूसँग पछाडि परेको देखाएका छन्।
मध्य दक्षिणपन्थी युरोपियन पिपल्स पार्टी सबैभन्दा ठूलो समूहको रूपमा देखिएको छ र ईयू समर्थक गठबन्धन बनाउने अपेक्षा गरिएको छ।

लिबरल र ग्रीन पार्टीहरूका लागि एउटा सुखद रात रह्यो भने इटली र फ्रान्समा राष्ट्रवादीहरू जित्ते देखिएको छ।
चुनावमा २५ वर्षयताकै सबैभन्दा बढी मत खसेको बताइएको छ।
नयाँ संसद् झन् विभाजित हुनेछ, जसका कारण युरोपली सङ्घ ईयुका कानुनहरू बनाउन अझ गाह्रो हुन सक्छ।

चुनावी नतिजाले युरोपेली आयोग र युरोपेली परिषद्‌को नेतृत्व कसले गर्नेछ भन्ने कुराको निर्क्योल पनि गर्नेछ।

फ्रान्स र इटलीमा चरम दक्षिणपन्थी दलहरू अगाडि रहेको प्रारम्भिक सङ्केत देखिएका छन्।

ब्रिटेनमा ब्रेक्जिट पार्टीले ठूलो अग्रता कायम गरेको छ भने सत्तारुढ कन्जरभेटिभ पार्टी पाँचौँ स्थानमा खुम्चिएको छ ।