विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण गरिने : गृहमन्त्री

maitrinews

 

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेकपा विप्लव समूहलाई मूलधारमा ल्याउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

राजधानीमा भएको श्रृंखलावद्ध बम विस्फोटबारे सोमबार संसदलाई जानकारी दिँदै गृहमन्त्री थापाले विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताउनुभयो । राजधानीमा भएका अधिकांश घटनामा आम नागरिक नभई विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको उहाँले बताउनुभयो ।
विप्लव समूहको बन्द र आपराधिक गतिविधिको जनस्तरबाट खारेज भएको, तर शैक्षिक संस्था र लामो रुटको यातायातमा आंशिक प्रभाव परेको उहाँले बताउनुभयो ।
‘यो समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्वारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ,’ गृहमन्त्री थापाले भन्नुभयो, ‘यो समूहलाई मुल धारमा ल्याउन र गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध छ ।’