पार्टी एकता पडाडि फर्किने होइन अघि बढ्ने उदेश्यसहितः प्रचण्ड

Mohan Bastola

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै विचार गरेर नै पार्टी एकता गरेको दाबी गर्नुभएको छ । कृष्ण सेन इच्छुकको १७ औँ स्मृति दिवसका अवसरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले पार्टी एकता पछि फर्किने होइन अघि बढ्ने उदेश्यसहित भएको पनि प्रष्ट पार्नुभयो ।

उहाँले नेतृत्व भनेको चावी खोले जस्तो भएको भन्दै देशले असल नेतृत्व पायो भने इतिहासलाई सय ५० वर्ष अघि ल्याउन सकिने दाबी समेत गर्नुभयो । उहाँले नेतृत्व गलत भयो भने सय पचास वर्ष त्यसै खेर जान सक्ने उल्लेख गर्नुभयो । उहाँले पार्टी एकतालाई कसैले ठीक छैन भन्यो भने त्यो व्यक्तिगत समस्या हुने पनि दाबी गर्नुभयो । उहाँले संविधानलाई कुनै निर्जिव वस्तु वा धर्मशास्त्रका रुपमा नभइ गतिशील र जीवनशील दस्तावेजका रुपमा बुझेको बताउनुभयो । उहाँले संविधानका आफ्नै विधि र प्रक्रिया रहेको भन्दै त्यसै भित्र रहेर संशोधन गर्न सकिने पनि बताउनुभयो ।

राज्यलाई अझै सुदृढ ढंगले एकतावद्ध गर्ने कुरामा सबैले ध्यान दिनुपर्ने जरुरी रहेको भन्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनताका सन्दर्भमा पनि एक जुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले इच्छुक बहुआयामिक व्यक्तित्व भएको पनि स्मरण गर्नुभयो । उहाँ पत्रकार र राजनीतिक योद्धा हुनाका साथै असाध्यै सरल, इमान्दार र मिलनसार व्यक्तित्व हुनुहुन्थ्यो । यति धेरै आयाम एउटै व्यक्तिमा विरलै पाइन्छ”, अध्यक्ष दाहालले भन्नुभयो, ‘समारोह गर्ने फूल चढाउने मात्र गर्नाले उहाँप्रति श्रद्धाञ्जलि हँुदैन । म पत्रकारका रुपमा उहाँले निर्भीकता र निष्ठाका साथ वर्गीय पक्षधरप्रति खरो उत्रिएर जनमत निर्माणमा निर्वाह गरेको भूमिका स्मरण गर्न चाहन्छु ।’