प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक शास्त्रको मानार्थ पिएचडीबाट सम्मानित हुनुभएको छ । दक्षिण कोरियाको काङ्गनाम बिश्वविद्यालयले बुधबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई राजनीतिक शास्त्रको विद्ययावारिधीको उपाधीले सम्मान गरेको हो ।

उपाधी ग्रहण पछि बोल्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो,–‘आफूले पाएको मानार्थ विद्यावारिधी कोरियाले सम्पूर्ण नेपालीले गरेको सम्मानको रुपमा लिएको छु । यो सम्मान मेरो व्यक्तिगत होइन सम्पूर्ण नेपालीको सम्मान हो ।’

प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने भन्दै ‘कोरिया सही नीति,सही दृष्टिकोण र दृढ संकलपबाट छोटो समयमा विकासको उच्च विन्दुमा पुग्यो । नेपाल केही समयपछि पर्यो तर अहिलेको सरकारको नेतृत्वले सही नीति र दृष्टिकोण लिएर अघि बढेकोले नेपाल पनि अब छोटो समयमै विकसित हुनेछ । आज हामी कोरियाले प्राप्त गरेको सफलता हासिल गर्ने त्यही अभियानबाट अघि बढिरहेका छौ ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले अब पछाडी फर्कन नसकिने भन्दै ज्ञान र प्रविधि सवैतिरबाट लिएर अगाडी बढनुपर्ने बताउनुभयो । कोरियाको शिक्षा प्रणालीबाट नेपालले पनि सिक्न आवश्यक भएको बताउदै उहाँले भन्नुभयो,–‘कोरियाको शिक्षा कति व्यवहारिक र उपयोगी छ भन्ने कुरा त्यहाँको जनताले देखाएका छन ।’

नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्री ओलीले गर्नुभएको संघर्ष र उहाँको जीवनको सम्पुर्ण समय नेपाली जनताको विकासमा सर्पित गर्नुभएको भन्दै प्रधानमन्त्री ओलीलाई डा।को उपाधीले सम्मान गरिएको काङ्गनाम विश्वविद्यालयका कुलपति डा। शिनिल युनले बताउनुभयो ।

१४ बर्षको जेल जीवनको भोगाई र राजनीतिक संघर्षले नेपालमा गणतन्त्र स्थापित भएको भन्दै प्रधानमन्त्री ओलीलाई डाक्टर गरेको प्रमाणपत्र सहित टोपी र गाउन पहिराएर सम्मान गरिएको छ । कार्यक्रममा गृहमन्त्री रामवहादुर थापा बादल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, कानुन मन्त्री भानुभक्त ढकाल, उर्जामन्त्री बर्षमान पुन लगायत अन्य विशिष्ट व्यक्तिहरुको सहभागीता थियो ।