काठमाडौं मोडेल कलेजको बर्से सम्मेलन स्टोनी ब्रुक युनिभर्सिटीको सहकार्यमा सम्पन्न

maitrinews

काठमाडौं । काठमाडौं मोडेल कलेजले प्राज्ञिक उन्नयनका लागि दुई दिने आवासीय गोष्ठीको आयोजना गर्यो । अमेरिका स्थित स्टोनी ब्रुक विश्वविद्यालयसँगको सहकार्यमा सम्पन्न भएको उक्त कार्यशाला त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको प्रमुख आतित्थ्यतामा सम्पन्न भयो । प्रमुख अतिथिको आशनबाट आफ्नो मन्तव्य राख्दै शिक्षाध्यक्ष्य प्रा.डा. त्रिपाठीले नेपालको शैक्षिक गुणस्तर वृद्धिमा काठमाडौं मोडेल कलेजले निर्वाह गरेको भूमिकाको मुक्तकण्ठले प्रशंशा गर्नु भयो । उहाँले के.एम.सी. नेपालको उत्कृष्ट शैक्षिक केन्द्र रहेको बताउँदै यसले विदेशका प्रख्यात विश्वविद्यालयसँग सहकार्य गरी यसप्रकारका कार्यशाला आयोजना गरी आफ्ना शिक्षक शिक्षिकाहरुको दक्षता वृद्धिमा जोड दिएर उल्लेखनीय काम गरेको बताउनु भयो । ब्रुक विश्वविद्यालय उक्त कार्यक्रममा ब्रुक विश्वविद्यालयका सह प्राध्यापक डा. श्याम शर्माले आफ्नो विश्वविद्यालय र के.एम.सी. का शिक्षक शिक्षिकाहरुका बीचमा सहकार्यात्मक सम्बन्धमा जोड दिने बताउनु भयो । साथै कार्यक्रममा उपस्थित हुनु भएका मोर्गन स्टेट विश्वविद्यालयका सह प्राध्यापक डा. सिन्थिया डेबिटसनले प्राज्ञिक उन्नयनका लागि सूचना प्रविधिको प्रयोगमा जोड दिनुपर्ने र यसका लागि सहकार्य गर्न आफू तयार रहेको बताउनु भयो । के.एम.सी एजुकेशनल नेटवर्कका प्रबन्ध निर्देशक रामेश्वर अर्यालले गुणस्तरीय शिक्षाका माध्यमबाट प्राज्ञिक श्रेष्ठता हासिल गर्ने के.एम.सी.को लक्ष्य रहेको बताउँदै त्यसका लागि आगामी दिनमा अझै बढी प्रतिबद्ध भएर लाग्ने बताउनु भयो । उक्त कार्यक्रममा कलेका प्राचार्य सुरेन्द्र सुवेदीले कलेजको आगामी कार्ययोजना र शैक्षिक गन्तव्यको मार्गचित्र प्रस्तुत गनु भयो ।