व्यवसायी प्रभाकरशमशेर जबराको निधन

maitrinews

काठमाडौं । अग्रणि व्यवसायी प्रभाकरशमशेर राणाको निधन भएको छ । ८४ वर्षीय राणाको अमेरिकामा उपचारको क्रममा आज राति निधन भएको हो । उनको ढाडसम्बन्धी रोगको उपचार भइरहेको थियो ।अमेरिकाको स्थानीय समयअनुसार मे ३०, साँझ साढे ४ बजे नेपाली समय अनुसार शुक्रबार बिहान करिब दुई बजे राणाको निधन भएको बताइएको छ ।

राणा सिप्रदी ट्रेडिङका संस्थापक अध्यक्ष हुन् । उनी नौ महिना पहिले उपचारका लागि अमेरिका गएका थिए । राणाको ढाडको उपचार गराउने क्रममा कम्प्लिकेसन आएको परिवार स्रोतले बतायो । निकटस्थहरुका अनुसार उनी वृद्ध भए पनि स्वस्थ नै थिए ।
राणा सोल्टी होटलका पूर्वअध्यक्ष तथा चेयरम्यान एमिरेटस हुन् । पर्यटन र यातायात क्षेत्रमा उनको ठूलो योगदान छ ।