प्रधानमन्त्री ओली र मोदीबीच नयाँ दिल्लीमा भेटवार्ता

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार बिहान नयाँदिल्लीको हैदरावाद हाउसमा भेटवार्ता भएको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले भेटवार्ताका क्रममा दुई प्रधानमन्त्रीले आपसी सम्बन्ध, विशेषत जनताबीचको सम्बन्ध, अझ गहिरो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

दोस्रो कार्यकालका लागि मोदीले बिहीबार प्रधानमन्त्रीको शपथ लिनु भयो । उक्त सपथ ग्रहण कार्यक्रममा भाग लिन प्रधानमन्त्री ओली बिहीबार दिउँसो भारत जानुभएको हो ।