प्रधानमन्त्रीले प्राप्त गरेको मानार्थ विद्यावारिधीमाथि फैलाएको अफवाह तुकविहीन !

Mohan Bastola

काठमाडौँ । नेपालको प्रजातान्त्रिक आन्दोलनको समेत सम्मान गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अघि मात्रै दक्षिण कोरियाको काङनाम विश्वविद्यालयले राजनीतिशास्त्रको मानार्थ विद्यावारिधी प्रदान गरेको थियो । प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्र स्थापना र प्रवद्र्धनका लागि उच्च योगदान गरेको भन्दै विश्वविद्यालयले विद्यावारिधी प्रदान गरेको जनाएको छ । विद्यावारिधी अर्पण समारोहमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ्ख सिकले समेत प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको प्रशंसा गर्नुभएको थियो । विद्यावारिधी अपर्ण कार्यक्रमलाई विशेष महत्व दिदैँ राजदूत नै उपस्थिति हुनुले पनि दक्षिण कोरिया सरकारको विशेष चाहनामै प्रधानमन्त्री ओलीलाई सो विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको हो भन्ने प्रष्ट हुन्छ । विश्वविद्यालयहरुले उच्च व्यक्तित्वहरुलाई मानार्थ विद्यावारिधी प्रदान गर्ने विगतको चलन छ । त्यो चलनलाई आधार मान्ने हो भने पनि प्रधानमन्त्री ओलीले प्राप्त गरेको त्यो सम्मानले नेपालको शीर उच्चो बनाएको छ भन्न सकिन्छ ।

तर, नेपालको उच्च सम्मान गर्दै दक्षिण कोरियाले गरेको त्यो सम्मानको विषयलाई लिएर केहीले गलत प्रचार गर्ने प्रयास गरेका छन् । यसरी केहीले गलत प्रचार गरिरहेका बेला सो विद्यालयसँग सम्वन्धित व्यक्ति र त्यहि विद्यालयका पूर्व विद्यार्थीले भने आश्र्चश्य व्यक्त गरेका छन् । दक्षिण कोरियाको काङनाम विश्वविद्यालयका पूर्व विद्यार्थी डाक्टर बैकुण्ठ आचार्य अहिले शिक्षा मन्त्रालयको अधिकृत पदमा हुनुहुन्छ । उहाँले त्यस्तो आरोपप्रति आश्चर्य व्यक्त गर्नुभयो । उहाँले त्यस्तो आरोप्रति कुनै सत्यता नरहेको समेत प्रष्ट पार्नुभयो । त्यहि विश्वविद्यालयमा २० बढी देशका हजारौँ नागरिकले छात्रवृत्तिमा अध्ययन गरिरहेको स्मरण गराउँदै उहाँले आफू पनि हिन्दु भएको र त्यहि विश्वविद्यालयमा अध्ययन गरेको सुनाउनुभयो । उहाँले कहिल्यै पनि उत्त विश्वविद्यालयले आफूलाई क्रिश्चियन बन्न दबाब नदिएको बरु नेपालमै फर्किएर विशेष शिक्षाको विकासमा योगदान दिनु भनेको अनुभव सुनाउनुभयो ।
सो विश्वविद्यालयसँग आवद्ध रहनु भएका कोरियन नागरिक डाक्टर किम पनि त्यस्तो आरोपले आफूलाई दुःखी बनाएको बताउनुहुन्छ । उहाँले आफ्नो सन्तान समेत अपाङ्गता भएको भन्दै अपाङ्गता भएकाहरुको सेवामा आफूले नेपालमा आएर योगदान गरिरहेको सुनाउनुभयो ।
डाक्टर आचार्य पनि आरोपको पछि नलाग्न सुझाव दिनुहुन्छ । आफूले अध्ययन गरेको विश्वविद्यालयले आफ्नै देशको प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधी प्रदान गर्दा आफूलाई खुशी लागेको बताउनुहुन्छ आचार्य । उक्त विश्वविद्यालय विशेष शिक्षाको विकास गर्न २०१३ सालमा शिक्षामन्त्रालयसँग एमओयु गरी सञ्चालनमा आएको उहाँको भनाई छ ।
आचार्यले अहिलेसम्म २० बढी देशका हजारौँले उक्त विश्वविद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेको स्मरण गर्दै सो विश्वविद्यालयले कहिल्यै पनि क्रिश्चियन धर्मको प्रचारमा आफूलाई दबाब नदिएको दाबी गर्नुभयो ।
विश्वविद्यालय आफैँले धर्मप्रचार गर्न प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधी दियो भन्ने कुरा आफूले नपत्याउने पनि दाबी गर्नुभयो ।
कार्यक्रममा त्रिभूवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँ समेत सहभागी हुनुहुन्थ्यो । उहाँको सहित उपस्थितिमा प्रधानमन्त्री ओलीले मानार्थ विद्यावारिधी लिनुभएको हो । तर, अहिले त्यहि विषयलाई तोरमोड गरेर प्रधानमन्त्री ओलीले क्रिश्चिय धर्म प्रचारक विश्वविद्यालयको मानार्थ विद्यावारिधी लिएको भनेर आलोचना गर्ने काम भैरहेको छ । कीम र आचार्य दुबै सो विश्वविद्यालयसँग सम्वन्धित व्यक्ति हुनुहुन्छ । उहाँहरुले यति प्रष्ट रुपमा भनिरहँदा पनि एकोहोरो आरोप लगाउनु भनेको चुरोको कुरा नबुझि एकतर्फि रुपमा लगाएका झुट्ट आरोप हुन् भनि बुझ्न कुनै मुस्किल छैन ।