मृत्युलाई बुझ्न नसकेकी कृषा गौतमी बुद्धको उपदेशबाट दुख मुक्तिको मार्ग पहिल्याउन सफल भइन्

maitrinews

बुद्धकालिन समयमा कृषा गौतमी नाम गरेका एक महिलाले अल्पायु मै आफ्नो छोरालाई गुमाइन् । उनको छोराको बाल्यवस्थामा नै मृत्यु भयो । छोराको वियोगलाई सहन नसकी उनी पागल जस्तै भइन् र आफ्नो मृत छोरालाई बोकेर गाँउ गाँउ घुम्न थालिन् । र, सवैसँग आफ्नो छोरालाई ब्युताइदिन याचना गर्दै हिडिन् । घुम्दै जाँदा संयागवस उनी भगवान गौतम बुद्ध भएको ठाँउ पुगिन् ।
उनले भावविभोर भई रुदै बुद्धलाई आफ्नो छोरालाई ब्युताईदिन आग्रह गरिन् । मेरो छोरालाई जसरी भएपनि जीवित गरिदिनुहोस् । तपाई जे पनि गर्न सक्नुहुन्छ , मेरो प्रार्थना स्वीकार गर्नुहोस।’ भनी रुन, कराउन थालिन् ।
बुद्धले पनि कृषा गौतमीको पुकारलाई नकार्नु भएन । उहाँले भन्नुभयो ‘ठीक छ म तिम्रो छोरालाई पुन जीवित गरिदिन्छु, तर त्यो भन्दा पहिले तिमीले मेरो एउटा काम गर्नुपर्नेछ । तिमी गाँउको कुनै एक घरबाट एक मुट्ठी सर्यूं लिएर आउ । तर याद गर तिमीले त्यही घरबाट ल्याउनु पर्छ, जसको घरमा कहिल्यै कसैको मृत्यु भएको नहोस् ।’
यो सुनेर कुषा गौतमी अत्यन्तै खुशी भइन । र, उनी अव आफुनो छोरा बाँच्ने भयो भनी हर्षित भएर सर्यूं खोज्न गाँउ तिर लागिन् । उनी प्रत्येक घरमा गएर भन्न लागिन, ‘यदी तपाईहरुको घरमा कसैको मृत्यु भएको छैन भने मलाई एक मुठ्ठि सर्यूं दिनुहोस ।’ तर उनले सवैको घरमा कोही न कोही मरेकै पाइन् ।
दिनभर गाउँ गाउँ चाहार्दा पनि उनले काही पनि नमरेको घर भेट्टाउन सकिनन् , र निराश भएर फर्किइन् । जसबाट उनले बुझिन् मृत्यु त अटल सत्य हो र यसबाट कोहि पनि बच्न सक्दैन । एक दिन सबैले मर्नु नै पर्ने रहेछ । उनि तुरुन्तै गौतम बुद्ध भएको ठाँउमा फर्किइन् । उनले बुद्धसमक्ष गएर भनिन्, ‘ भगवान शास्ता तपाईंले मलाई बुझाँइ दिनुभयो , सवैले एकदिन यो संसार छोडेर जानै पर्ने रहेछ, फरक मात्र यति हो, कोही ढिलो जान्छन् त कोही चाँदै ।’
यसरी जीवन मरणको भेदलाई नबुझि पागलसरी भौतारिएकी कृषा गौतमीलाई बुद्धले रचामत्मक तरिकाबाट आफैले सत्यलाई बोध गर्ने बाटो देखाई दिनुभयो । यसरी मृत्यु नै जीवनको स्वभाव हो भन्ने बुझिसकेपछि ती कृषा गौतमीले सांसारिक जंजालबाट मुक्त हुने मार्गको अनुशरण गरी जीवनलाई सार्थक बनाइन् ।