निजी आवास पुनर्निर्माण, गाउँमा भन्दा सहरमा सुस्त

maitrinews

 

काठमाडौँ । सरकारले चार वर्षअघि आएको विनाशकारी भूकम्प र त्यसका शक्तिशाली परकम्पबाट क्षतिग्रस्त निजी स्वामित्वका संरचनाको पुनर्निर्माण कार्यमा उल्लेख्य प्रगति भएको दाबी गरेको भए पनि काठमाण्डू उपत्यकामा निजी आवासको पुनर्निर्माणको अवस्था भने निराशाजनक देखिएको छ।

आवश्यक साधनस्रोत र दक्ष जनशक्तिको अभाव र सडक सञ्जाल आदि अन्य पूर्वाधारका कमीका कारण विभिन्न जिल्लामा निजी आवासको पुननिर्माणमा लामो समय लागेको सरकारी अधिकारीहरूले बताउँदै आएका छन्।

तर देशको राजधानी पनि रहेको काठमाण्डूमा त्यस्ता किसिमका समस्या तुलनात्मक रूपमा कम रहे पनि अन्य जिल्लाको दाँजोमा पुनर्निर्माणको काम सन्तोषजनक देखिँदैन।
भूकम्पलगत्तै गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार हालसम्म निजी आवास पुनर्निर्माणमा झन्डै ८० प्रतिशत उपलब्धि हासिल भएको छ।