सभामुख कृष्णबहादुर महरा भन्नुहुन्छ– ‘विकासका लागि ‘क्रम भङ्ग’

Mohan Bastola

काठमाडौँ । संघीय संसद्का सभामुख कृष्णबहादुर महराले विकासका लागि ‘ब्रेक थु्र’ आवश्यक हुने बताउनुभएको छ । नेपाल बुद्धिजिवी संगठनले आज राजधानीमा आयोजना गरेको ‘नेपाल सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६–७७ को बजेट र कार्यान्वयन पक्ष’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रममा बोल्दै उहाँले पोखरीमा पनि पानी जमिरह्यो भने त्यो फोहोर हुने उदाहरण प्रस्तुत गर्दै केही न केही नयाँपन ल्याउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले प्रक्रिया नै दोषी भएको भन्दै त्यसको क्रम भङ्ग नै सबै भन्दा उत्तम विकल्प भएको बताउनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेलले चालु आयोजनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व अर्धमन्त्री सुरेन्द्र पाण्डेले बजेट कार्यान्वयनको पाटो फितलो भएको भन्दै त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकार सबै जनताको भएको भन्दै सबै जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले सिधै आयोजनालाई बजेट दिने व्यवस्था गर्ने हो भने धेरै समस्या समाधान हुने पनि सुझाव दिनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं नेपाल बुद्धिजिवी संगठन डाक्टर दिनेशचन्द्र देवकोटाले पनि बजेट राम्रो भएको बताउनुभयो । अर्थमन्त्रालयका सल्लाहकार डाक्टर रामशरण खरेलले बजेटले वित्तीय संघीयतालाई ध्यानमा राखेर नै बजेट आएको जानकारी दिनुभयो । त्यसैगरी नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले बजेट बजेट समग्रमा राम्रो आएको भन्दै त्यसका सकारात्मक पक्षको यसरी चर्चा गर्नुभयो ।