अन्तरराष्ट्रिय श्रम सम्मेलनको १०८ औँ बैठकलाई स्वीट्जरल्याण्डको जेनेभामा प्रधानमन्त्रीको सम्बोधन

Mohan Bastola

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गतिशील अन्तरराष्ट्रिय श्रम वातावरणलाई सम्बोधन गर्न नेपालले दरिलो कानूनी र नीतिगत सुधार अपनाएको बताउनुभएको छ । विश्व श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकीका अवसरमा आयोजित अन्तरराष्ट्रिय श्रम सम्मेलनको १०८ औँ बैठकलाई स्वीट्जरल्याण्डको जेनेभामा सम्बोधन गर्दै प्रधानमन्त्रीले आइएलओका मौलिक उपकरणलाई पक्ष राष्ट्रको नाताले नेपालमा पनि लागू गरिएको बताउनुभयो ।

नेपालका कानूनहरुले नियमित अथवा अनियमित, बाहिरी स्रोतबाट ल्याइएका अथवा करार गरिएका र सङ्गठित अथवा अनौपचारिक क्षेत्रका जुनसुकै श्रमिक भए पनि विभेद नगरेको बताउँदै उहाँले कामदारहरुको जुनसुकै कामको प्रकृति भए पनि उनीहरुलाई सामाजिक सुरक्षा दिइएको र अनौपचारिक क्षेत्रलाई औपचारिक प्रक्रियामा लगिएको जानकारी दिनुभयो ।

नेपालको प्रजातान्त्रिक संविधान समानता, विभेदरहित र सामाजिक न्यायमा आधारित रहेको तथा प्रत्येक व्यक्तिलाई राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रबाट सशक्त तुल्याइएको बताउँदै उहाँले श्रमका क्षेत्रमा पनि थुप्रै कानून लागू गरिएको जानकारी दिनुभयो । नेपालमा बालकदेखि वृद्धसम्म हरेक व्यक्तिलाई सामाजिक सुरक्षा पद्धतिबाट सुरक्षा प्रदान गरिएको बताउँदै उहाँले काम गर्न सक्ने उमेरका श्रमिकलाई पनि सामाजिक सुरक्षा ऐनद्वारा योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गरिएको स्पष्ट गर्नुभयो ।

नेपालमा २५ वर्षदेखि ज्येष्ठ नागरिकलाई वृद्धभत्ता र एकल महिला तथा सीमान्तकृत वर्गका व्यक्तिलाई मासिक भत्ता प्रदान गरिँदै आएको र सो रकम विस्तारै वृद्धि भइरहेको बताउँदै यसै वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सामाजिक सुरक्षा योजना लागू गरिएको जानकारी दिनुभयो । सो योजनाले रोजगार सिर्जना गर्ने, हरेक उमेरका व्यक्तिलाई रोजगारको सुनिश्चिता प्रदान गर्ने, बेरोजगार भएमा भत्ता प्रदान गर्ने, नवप्रवत्र्तन र उद्यमशीलता प्रवद्र्धन गर्ने तथा दक्षता वृद्धिमा सहयोग गर्ने जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले आइएलओ महासन्धि ८७ र ९८ सँग मेल खाने गरी नेपाली श्रमिकहरुलाई ट्रेड युनियन ऐन बनाइएको र त्यसबाट सामूहिक अधिकार सुरक्षा हुने बताउनुभयो । अर्को प्रसङ्गमा उहाँले भन्नुभयो,“उद्योगहरु आधुनिक अर्थतन्त्रका चालक हुन्, तिनले रोजगारी प्रदान गर्दै आइएलओको मापदण्ड कार्यान्वयन गर्छन् ।” उद्योगको वृद्धि, धेरै रोजगारी सिर्जना र अर्थतन्त्रलाई दिगो बनाउनेतर्फ हाम्रा कामकारवाही लक्षित हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “रोजगारीको अर्थ उद्यमशीलता, उद्यम, सूक्ष्म–सानो– मध्यम आकारका उद्यम, निजी कम्पनी र स्वरोजगारको विकास पनि हो ।”

नेपालमा सङ्घीय, प्रादेशिक, स्थानीय र उद्योगस्तरमा सामाजिक संवादका लागि संस्थागत ढाँचा तयार गरिएको तथा विविधखाले टे«ड युनियनबीच अनुपम एकताको उदाहरणका लागि संयुक्त ट्रेड युनियन समन्वय केन्द्र स्थापना गरी साझा मञ्च बनाइएको र श्रम सम्बन्ध स्थापना गर्न र श्रम विवाद समाधान गर्न सो केन्द्रअन्तर्गत त्रिपक्षीय मञ्च बनाइएको जानकारी प्रधानमन्त्रीले दिनुभयो ।
त्यसैगरी देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताउनुभएको छ । संयुक्त राष्ट्र« सङघ तथा अन्य अन्तरराष्ट्रि«य सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले विगतमा ठूलो सङ्घर्ष तथा संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार यो जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्नुभयो ।

लामो बलिदानपूर्ण सङ्घर्षपछि जनताले ठूलो विश्वास यो सरकारलाइ सुम्पेको उल्लेख गर्दै प्रधानमन्त्रीले सुशासन र तीव्र आर्थिक वृद्धि नै सरकारको मुख्य ध्येय रहेको बताउनुभयो । उहाँले जनताको विश्वासलाई मर्न नदिई प्रविधिको प्रयोग गरेर देशलाई सुशासन र आर्थिक गतिका साथ अगाडि बढाउन देशभित्र र बाहिर रहेका सबैको साथ, सहयोग र विश्वास आवश्यक रहेको पनि बताउनु भयो । गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषयको माग र भावनाप्रति आपूm जानकार रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई तथा नियोगका अधिकारीले स्वागत गरेको थियो । प्रधानमन्त्री ओलीले त्यस अवसरमा स्वीट्जरल्याण्डमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभएको थियो । गैरआवासीय नेपाली नागरिक सङ्गठन स्वीट्जरल्याण्डका अध्यक्ष मणिराज गुरुङसहितका वक्ताले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य साकार पार्ने प्रयास गर्दै मातृभूमिको सेवा र निकटतालाई प्रवासमा रहेका नेपालीले निरन्तरता दिन चाहेको बताउनुभयो ।

त्यसैगरी युरोप भ्रमणका क्रममा स्विट्जरल्याण्डको जेनेभामा रहनुभएका प्रधानमन्त्री ओलीले त्यहाँस्थित राष्ट्रसङ्घीय भवनमा टर्कीका उपराष्ट्रपति फुआत ओक्तेसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदार बैरागीले जानकारी दिनुभएको छ ।
उहाँहरुबीच दुई देशबीचको आपसी सम्बन्ध र हितका बारेमा छलफल भयो । भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भटृराई तथा परराष्ट्र सचिव शङ्करदास वैरागीको उपस्थिति थियो ।