जिआइसि, नेपाल र सिद्धार्थ बैंकबीच बीमा सम्झौता

maitrinews

काठमाडौँ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र सिद्धार्थ बैंक लिमिटेड बीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स तथा बैङ्क बीच मिति २०७६ जेठ २८ गते मंंगलबारका दिन आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।