लोकसेवा आयोगले निकालेको विज्ञापन रद्ध गर्ने निर्णयप्रति सरकार नै असन्तुष्ट

Mohan Bastola

काठमाडौँ । नयाँ कानुन ल्याएर केही व्यवस्थित गर्न खोज्दा पुरानै ढर्रामा चल्न चाहनेहरुले विरोध गरेको बताउनु भएको छ । पत्रकार सम्मेलनमा सञ्चारकमीले सोधको प्रश्नको जवाफ दिदैँ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारले केही नयाँ कुरा गर्न खोज्दा पुरानै अवस्थामा रहने बानी लागेकाहरुका लागि केही असहज भएको पनि बताउनुभयो । मन्त्री बास्कोटाले गुठी विधेयका बारेमा सरोकारवालाहरुसँग छलफल गरेर नै ल्याएको भन्दै त्यसका केही कमजोरी भए फेरि पनि छलफल गर्न सकिने बताउनुभयो ।

उहाँले गुठी विधेयक सामान्तवादलाई अन्त्य गर्ने उदेश्यका साथ ल्याएको पनि प्रष्ट पार्नुभयो । उहाँले आमूल परिवर्तन भन्ने तर यथास्थितिमा रमाउने कुरा त्यति उचित नभएको उहाँले बताउनुभयो । उहाँले सास्कृतिक क्षेत्रमा हस्तक्षेप गर्ने पक्षमा सरकार नरहेको पनि प्रष्ट पार्नुभयो । उहाँले प्रेस स्वतन्त्रतामाथि सरकारले तरवार चलाउन नखोजेको प्रष्ट पार्दै उहाँले वर्तमान सरकार नेपालको प्रेसलाई सबै भन्दा बलशाली र सुरक्षित बनाउने प्रयासमा रहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले अहिले कम्युनिष्ट नेतृत्वको सरकार नेपालमा रहेको भन्दै कम्युनिष्ट शासनका रुपमा व्याख्या नगर्न सुझाव दिनुभयो । उहाँले पत्रकारले न्युनतम पारिश्रमिक पाउनु पर्छ भनेर भन्दा आफू दण्डित हुने भए सहन तयार रहेको पनि बताउनुभयो । सञ्चार मन्त्री गोकुल बाँस्कोटाले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिले दिएको निर्देशन उचित नभएको घुमौरो पाराले जवाफ दिनुभएको छ ।

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदैँ उहाँले यस्तो जवाफ फर्काउनु भएको हो । संघीय मामिला सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गोपाल बरालले पनि स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिले दिएको निर्देशन उचित नभएको तर्क गर्नुभयो । सम्मेलनमा सञ्चारकर्मीहरुले उठाएको जिज्ञासाको जवाफ दिदैँ उहाँले भन्नुभयो ।