रसुवा जिल्लाका योजना अनुगमनमा प्रदेश सभा सदस्यहरु

maitrinews

 

काठमाडौँ । प्रदेश ३ को योजना अनुगमन उप समितीले रसुवा जिल्लामा संचालित विभिन्न योजना हरुको अनुगमन गरेको छ।
प्रदेश – ३ को अर्थ तथा बिकास समिती अन्तर्गत को योजना उप समितिका संयोजक प्रदेश सभा सदस्य नारायण सिलवालको नेतृत्वमा गएको टोलिमा प्रदेस सभा सदस्य अजय क्रान्ति शाक्य ,बिजुला बर्मा ,शोभा शाक्य र आश माया तामाङ ,जिसस धादिङ का उप प्रमुख बिन्दा बलामी , प्रदेश सभा सचिवालयका अधिकृत त्रीपुरारी पोख्रेल , लगायत सहभागी रहेका छन ।

उक्त टोलीले ५० लाख लागतमा निर्मित महाकरुणा गुम्वा९गोसाईकुण्ड०, ५० लाख लागतमा निर्माणाधिन टासी गुम्वा, ५० लाख लागतमा गोसाईकुण्ड (१मा शेङ्लागा खोला देखि थुमन सम्मको बाटो स्तरोन्नति तथा ५० लाख लागतमा निर्माण भएको धुन्चे खेल मैदान९ कुल लागतमा ४० लाख प्रदेश सरकार अन्तर्गत० लगायतको अनुगमन गरेको थियो।