लोकसवा आयोगप्रतिको जनविश्वासलाई कायमै राख्न सक्नुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले योग्य, निष्पक्ष र स्वच्छ प्रतिस्पर्धाबाट आवश्यक जनशक्ति सिफारिस गर्दै आएको लोकसेवा आयोगको प्रशंसा गर्नुभएको छ ।

आयोगको ६९ औं बार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले आयोगको जनविस्वासलाई भविश्यमा समेत कायमै राख्न आफ्नो कार्यसम्पादनलाई थप परिस्कृत गर्नेमा आफु विस्वस्त रहेको बताउनुभयो ।

उहाँले लोकसेवा आयोगको साखः र गरिमा कायम राख्न सरकारलगायत अन्य सम्बद्ध निकायहरुको सहयोग र समन्वय रहने विस्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले सरकारको न्याय, समानता र शोषणरहित समृद्ध नेपाल निर्माणको राष्ट्रिय संकल्प पूरा गर्न लोकसेवा आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले योग्यता, निष्पक्षता र स्वच्छताको मूल मर्मका साथ आयोगले कार्यसम्पादन गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले पछिल्लो समय आयोगको जनविस्वासको जग कमजोर पार्ने प्रयास भइरहेको भन्दै यस विषयमा सवै पक्ष गम्भीर हुनुपर्ने वताउनुभयो ।

सचिव महेन्द्रप्रसाद गुरागाईंले आयोगले संबैधानिक जिम्मेबारी अनुरुप योग्यता, निष्पक्षता र स्वच्छतामा आधारित विधि र प्रक्रियामार्फत आयोगले पाएको जिम्मेबारी पूरा गरिरहेको बताउनुभयो ।

समारोहमा आयोगले उत्कृष्ट कर्मचारी तथा हाजिरी जवाफ प्रतियोगिताका विजयी टोलीलाई पुरस्कार तथा कदर पत्र प्रदान गरेको थियो ।