४० थरीका फल फल्ने रुख

maitrinews

अमेरिकामा एउटै रुखमा ४० प्रकारका फल फल्छन् । एक भिजुअल आटर््सका प्राध्यापकले त्यस्तो अद्भूत रुख तयार गरेका हुन् । त्यसमा ४० प्रकारका फल फल्दछन् । उक्त रुखको नाम ट्रि अफ ४० फ्रुट्स हो । यस रुखमा एप्रिकोट, चेरी, आरु, बखडालगायतका फल फल्दछन् । यो रुखको मूल्य मूल्य ३० हजार डलर पर्दछ । सेराक्युज विश्वविद्यालयका भिजुअल आटर््सका प्राध्यापक स्याम वान ऐकेन यस अनौठो रुखका सर्जक हुन् । यो रुखको सिर्जना गर्नका लागि उनले विज्ञानको सहारा लिएका छन् । सन् २००८ मा उनले यस कामको सुरु गरेका थिए । प्राध्यापक वान किसान परिवारमै जन्मिएका व्यक्ति हुन् । उनले न्युयोर्कको एउटा बन्द हुनै आँटेको कृषि बगैँचालाई भाडामा लिएर त्यहीँ नै ग्राफ्टिङ विधिको माध्यमबाट ट्रि अफ फोर्टी जस्तो अद्भुत रुख सिर्जना गराउन सफलता पाएका हुन् ।