गुठी विधेयकबारे मन्त्रिपरिषद बैठकबाट निर्णय लिने प्रधानमन्त्रीको आश्वासन

maitrinews

 

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकमा देखिएका समस्याबारे मन्त्रिपरिषदमा गम्भीर छलफल गरेर निश्कर्ष निकालिने बताउनुभएको छ ।

काठमाडौं ललितपुर र भक्तपुरका जनप्रतिनिधिसँग प्रधानमन्त्री निवास बालुवाटारमा आजभएको तीनघण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले यस्तो आश्वासन दिनुभएको हो । जनप्रतिनिधिहरूका कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले भन्नुभयो,–‘‘मैले तपाईंहरू सबैको कुरा सुनें, यो विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल गरेर न्यायोचित निर्णयमा पुग्छु।’

बालुवाटारमा भएको छलफलमा अधिकांश जनप्रतिनिधिले गुठी विधेयक फिर्ता लिन आग्रह गरेका थिए । छलफलमा सत्तारुढ दलका सांसद जीवनराम श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रदेश सांसद् वसन्त मानन्धर, दीपक निरौला लगायतले धर्म सस्कृति, जात्रा पर्वमाथि नै प्रहार हुने गरी विधेयक आएकाले सरकारले फिर्ता लिनुपर्ने धारणा राखेका थिए ।

आइतबार आठ दिने युरोप भ्रमणबाट स्वदेश फर्किने क्रममा प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयकमा गल्ती भए सरकारले सच्याउने प्रतिवद्धता व्यक्त गरे अनुरुप छलफल अघि बढाउनुभएको हो ।
छलफलमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ को पनि सहभागीता थियो ।