काँग्रेसको अवरोधका कारण संसद बैठक भोलिसम्म स्थगित

maitrinews

 

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भनिएको मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण निर्धारित समयभन्दा एकघण्टा ढिलो शुरुभएको बैठकमा सभामुख कृष्णवहादुर महराले प्रधानमन्त्रीको कुरा सुनिसकेपछि विपक्षिदलका नेताहरुलाइ बोल्न दिने पटक पटकको आग्रहलाई प्रतिपक्षी दलले अटेरगरेपछि बैठक स्थगित भएको हो ।
अर्को बैठक भोलि विहान ११ बजे बस्ने भनिएको छ ।