लोकसेवा विज्ञापनसम्बन्धी विवादको सुनुवाइ आज हुँदै

maitrinews

 

काठमाडौ । सर्वोच्च अदालतले लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनको विवादसम्बन्धी सबै निवेदनलाई एकै साथ राखेर हेर्न आदेश जारी गरेपछि ती सबै निवेदनको सुनुवाई आज हुँदैछ ।

आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापनको विवादमा परेका चारवटै मुद्दामा सुनुवाई भइसकेको छ ।
न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मंगलबार लोकसेवा आयोगको विज्ञापन सम्बन्धी परेका चारवटै निवेदनलाई सँगै राखेर हेर्न आदेश दिएको थियो ।

आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो । जुन विज्ञापन समावेशी सिद्धान्तविपरित भएको भन्दै सर्वोच्चमा उजुरी परेको थियो ।