गुठीविधेयकको विरोधमा राजधानीमा विरोध प्रदर्शन

maitrinews

 

काठमाडौं । आज राजधानीमा गुठी पक्षधरहरुले विशाल विरोध प्रदर्शन गरेका छन् । राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको चौतर्फी विरोधपछि भूमिव्यवस्थामन्त्री मन्त्री पद्या अर्यालले मंगलबार फिर्ता लिए विधेयक खारेज नभएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।
खबरदारीका लागि विधेयक फिर्ता भएको भोलिपल्ट राजधानीका विभिन्न स्थानबाट र्‍याली निकालेर गुठीपक्षधरहरुले प्रदर्शन गरेका हुन् ।
विभिन्न स्थानबाट निस्किएको र्‍याली माइतीघर मण्डलामा आयोजित खबरदारीसभामा गएर मिसिएको छ ।

खबरदारीसभा ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले उपत्यकामा र्‍ त्रिपुरेश्वर, थापाथली लगायतका क्षेत्रबाट र्‍याली निकालेका थिए ।

गुठी पक्षधरहरु प्रदर्शनपछि थापाथली, त्रिपुरेश्वर, माइतीघर मण्डलालगायतका स्थानको सवारी आवागमन प्रभावित बन्न पुगेको छ ।