आन्दोलन गर्ने देउवाको चेतावनी

maitrinews

 

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारले ल्याएका विवादास्पद विधेयकविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । उहाँले सत्तापक्षले जवरजस्ती गरे कुनै हालतमा पारित गर्न नदिने भन्दै सरकार नै प्रजातन्त्र मास्न लागेको आरोप लगाउनुभयो ।
बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सभापति देउवाले, गुठी बिधेयक, मिडिया काउन्सिल विधेयक, सुरक्षा परिषद विधेयक, मानवअधिकार विधेयक लगायतका विधेयकले लोकतन्त्रलाई बलियो नबनाउने दावी गर्नुभयो।

‘बोल्न पाउने, लेख्न पाउने कुरा प्रजातन्त्रमा महत्वपूर्ण हो । तर सरकारले त्यसमाथि नियन्त्रण गर्न खोजेर प्रजातन्त्र माथि नै आक्रमण गर्न खोजेको छ । यो कुनै हालतमा पास हुन दिदैनौँ,’ देउवाले भन्नुभयो, ‘सूचनाको हक कुष्ठित गरिएको छ । संविधानमै सूचनाको हकको व्यवस्था गरिएको छ । मानवअधिकार आयोगमाथि नियन्त्रण गर्नु प्रजातन्त्रमाथिको अर्को आक्रमण हो ।’