काठमाडौँ महानगपालिकाले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम, सम्पदा संरक्षण विशेष प्राथमिकतामा

Mohan Bastola

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहकारी तथा निजी क्षेत्रको लगानीमा गुणस्तरीय एवं आधुनिक बधशाला निर्माण तथा सञ्चालन गर्न सहयोग गर्ने भएको छ । आज आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काठमाडौँ महानगरपालिकाले यस्तो नीति अघि बढाएको हो ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर शाक्यले महानगरपालिका क्षेत्रमा अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्न शहरी क्षेत्रको मुख्य–मुख्य चोकहरुमा सीसि टि.भी. क्यामरा सहितको ट्राफिक लाइट राख्ने कार्य प्रारम्भ गरिएको पनि जानकारी दिनुभयो । उहाँले कार्यालय व्यवस्थापनलाई पारदर्शी बनाउनका लागि महानगरपालिकाका अधिकांश कार्यालयहरुमा सीसी.टी.भी.क्यामरा जडान गरिएको, महानगरवासीको सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरी र सामुदायिक संघसंस्थाहरुसंग सहकार्य गरिएको पनि जानकारी दिनुभयो

त्यसैगरी ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण रहेका कमलपोखरी संरक्षण गुरुयोजना, शंखपार्क गुरुयोजना र चेस पार्कको डिजाईन तयार गरी यसको निर्माण कार्य प्रारम्भ भएको, साथै ४७ वटा परियोजनाहरुको सर्भे, डिजाईन, ड्रईङ्ग तथा इस्टिमेटको कार्य सम्पन्न भई कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढेको, मेयर उज्यालो कार्यक्रम अन्तर्गत महानगरपालिका क्षेत्रभित्र करिव १५ हजार स्मार्ट सडक वत्ती जडान गरिएको, काठमाडौं महानगरपालिका अन्तर्गत दरबारमार्ग र न्युरोड क्षेत्रमा स्मार्ट पार्किङ्ग सञ्चालन गरिएको पनि मेयर शाक्यले नीति कार्यक्रममार्फत जानकारी दिनुभयो ।
उहाँले काष्ठमण्डप पुनःनिर्माण कार्य दु्रत गतिमा अगाडि वढिरहेको, रानीपोखरी पुननिर्माण कार्य महानगरपालिको सहकार्यमा प्रारम्भ भएको, इन्द्रायणी, कंकेश्वरी, लखतीर्थ, पचली भैरब, कोटेश्वर भगवती मन्दिर लगायत धार्मिक र साँस्कृतिक क्षेत्रहरुको बृहत्तर विकास योजना बनाई संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनको कार्य प्रारम्भ गरिएको पनि जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाभित्रका ७५ बर्ष उमेर पुगेका महिला र ८० बर्ष उमेर पुगेका पुरुष वरिष्ठ ज्येष्ठ नागरिकलाई बार्षिक रु. १२ हजार महानगर बिशेष भत्ता उपलब्ध गराइएको साथै नेपाल सरकारद्धारा ज्येष्ठ नागरिकलाई उपलब्ध गराइएको सामाजिक सुरक्षा भत्ता घर– घरमै उपलब्ध गराईने व्यवस्था पनि समावेश गरेको मेयर शाक्यले जानकारी गराउनुभयो ।

नीति तथा कार्यक्रममा बध गरिने जनावरको स्वास्थ्य परीक्षण, सफा र स्वस्थ बधशालाको विकास, मासु पसलको गुणस्तरीयता परीक्षण गर्ने कार्यको सुरुवात गर्ने उल्लेख छ । महानगरपालिका क्षेत्रभित्रका पसुहरुको लगत लिने तथा सामुदायिक पसुहरुलाई प्रभावकारी रुपमा ब्यवस्थापन गर्ने, सम्बन्धित गैर सरकारी तथा गैर नाफामुलक संस्थाहरुसँग सहकार्य

गरी कुकुरहरुलाई बन्ध्याकरण र खोप लगाउने कार्यकालाई निरन्तरता दिने जस्ता कुरा पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ । त्यसैगरी जीवनउपयोगी, आधुनिक, व्यावसायिक एवं प्रविधियुक्त शिक्षामा जोड दिई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्ने, विद्यालय शिक्षामा स्थानीय पाठ्यक्रम बनाई यसै बर्ष जारी गर्ने र यसरी निर्माण गर्ने

पाठ्यक्रममा उपत्यकाको भाषा, रहनसहन, संस्कृति, नैतिक शिक्षा समेत समेट्ने पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ । त्यसैगरी आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षालाई निशुल्क गर्न आवश्यक व्यवस्था गर्ने, विचैमा विद्यालय छोड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक पूर्वाधार निर्माण गर्नका साथै बालमैत्री शिक्षणविधि अबलम्बन गर्ने, जेहन्दार, गरिब तथा विपन्न वर्गका वालवालिकाहरुलाई आवश्यकता अनुसार पाठ्यपुस्तक, पाठ्यसामाग्री र पोसाक लगायतका सामाग्री उपलब्ध गराई अभिभावकत्व प्रदान गर्ने कार्यलाई निरन्तरता जस्ता कुरा पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

त्यसैगरी काठमाडौं महानगरपालिकाको सतह ढल तथा फोहोर पानी ढलको हालको अवस्थाको सुक्ष्म अध्ययन गरी सुधारको लागि बृहद गुरुयोजना तयारीलाई अगाडी बढाउने, काठमाडौंका विभिन्न क्षेत्रमा बर्षेनी हुने डुबानलाई नियन्त्रण गर्न विभिन्न उपायहरुको खोजी गरी कार्यान्वयनमा लैजान पहल गर्ने, महानगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा पर्ति जग्गाको अतिक्रमण रोकी संरक्षण गर्ने कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने, यस्ता सार्वजनिक जग्गाहरुलाई बालमैत्री उद्यान, योगापार्क तथा ज्येष्ठ नागरिक मैत्री पार्कहरु र खुला क्षेत्रहरुको रुपमा विकास गर्ने जस्ता कुरा पनि समावेश गरिएको छ । महानगरक्षेत्रभित्र रहेको अब्यबस्थित बसोबास ब्यवस्थापनका लागि आवश्यक कदम चाल्ने, मेयर उज्यालो कार्यक्रमलाई निरन्तरता दिने, मुख्य चोकहरुमा हाइमास बत्ती जडान गर्ने जस्ता कुरालाई पनि महानगरपालिकाले प्राथमिकतामा राखेको छ ।

त्यसैगरी काठमाडौं महानगरपालिका क्षेत्रभित्र संचालन हुने विभिन्न जात्रा पर्वलाई अन्तर्राष्ट्रियकरण गरी पर्यटन प्रवद्र्धन गर्ने महानगरको ऐतिहासिक ईन्द्रजात्रालाई विश्वब्यापी गर्नको लागि काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध तथा सहकार्य भएका सहरहरुका मेयर तथा प्रतिनिधिहरुलाई ईन्द्रजात्राका अवसरमा विशेष आमन्त्रण गर्ने कार्यलाई निरन्तरता दिने जस्ता कुरा पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ ।