अमेरिकाद्वारा इरानमाथि आक्रमण गर्न ट्रम्पले स्वीकृति दिएलगत्तै फिर्ता

maitrinews

 

अमेरिका । सुरुमा इरानमाथि हमला गर्न अनुमति दिएका ट्रम्पद्वारा आदेश फिर्ता लिएको समाचारहरू आएका छन्
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि हमला गर्न बिहीवार स्वीकृति दिएपनि पछि तत्काल आक्रमण नगर्न आदेश दिएको समाचारपत्रहरूले लेखेका छन्।
द न्यूयोर्क टाइम्सले राष्ट्रपति कार्यालय ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै इरानका केही ठाउँलाई निशाना बनाउने योजना बनाएको भनेको छ।
योजना सुरुवाती स्तरमै हुँदा ट्रम्पले अमेरिकी सेनालाई निराश बनाएको समाचारहरूमा उल्लेख छ।
पत्रिकाका अनुसार सो आक्रमण इरानले अमेरिकी ड्रोन खसालेको बदलामा गर्न लागिएको थियो।
इरानले जमिनबाट क्षेप्यास्त्र प्रहार गरेर अमेरिकी सेनाको एउटा ड्रोन बिहीवार बिहान खसालिदिएको थियो।
इरानले आफ्नो आकाशमा आएकाले खसालिएको बताएको छ भने अमेरिकाले उक्त ड्रोन अन्तर्राष्ट्रिय आकाशमै रहेको बेला खसालिएको आरोप लगाएको छ।
अमेरिका र इरानबीच तनाव चुलिरहँदा यो घटना भएको हो।
न्यूयोर्क टाइम्सले सबैभन्दा पहिले सो योजनाबारे बिहीवार राति समाचार प्रकाशित गरेको थियो। पछि अन्य अमेरिकी पत्रिकाहरूले पनि आफैँले तथ्य सङ्कलन गरेर त्यही कुरा लेखे।

न्यूयोर्क टाइम्सका अनुसार बिहीवार बेलुकी सात बजेसम्म पनि अमेरिकी सेना र कूटनीतिज्ञहरू इरानका राडार र क्षेप्यास्त्र ब्याट्रीहरू भएका स्थानमा आक्रमण गरिने अपेक्षामा थिए।