आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिन्छ : अर्थमन्त्री

maitrinews

 

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्नसक्ने दाबी प्रतिनिधिसभाको आइतबारको बैठकमा गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सरकारी, निजी र सहकारीलगायत सबै मिलेर काम गरे आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने दाबी गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले बजेट विनियोजनमा तराई मधेसलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै भौतिक पूर्वाधारमा मात्र एक अर्बमाथि बजेट विनियोजन गरिएको बताउनुभयो ।

दक्षिण एशियामा सबैभन्दा बढी वैदेशिक ऋण लिने नेपाल रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, दिगो विकास लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनुपर्छ ।