अमेरिकाद्वारा इरानी अस्त्र प्रणालीमा साइबर हमला

maitrinews

 

अमेरिका । राष्ट्रपति डोनल्ड ट्रम्पले हवाई आक्रमण गर्ने निर्णय फिर्ता लिएलगत्तै अमेरिकाले इरानी अस्त्र प्रणालीमा साइबर हमला गरेको अमेरिकाबाट प्रकाशित समाचारमा जनाइएको छ।

अमेरिकी साइबर हमलाले इरानी रकेट तथा क्षेप्यास्त्र नियन्त्रण गर्ने कम्प्युटर प्रणालीलाई निसाना बनाएर तिनलाई विफल तुल्याइदिएको वाशिङ्टन पोस्ट पत्रिकाले जनाएको छ।
अमेरिकी ड्रोनलाई गोली हानी खसाल्ने र अमेरिकी भनाइमा खाडीको जलक्षेत्रमा तेल ट्याङ्कहरूलाई आक्रमण गर्ने इरानी कदमविरुद्ध साइबर आक्रमण गरिएको न्यू योर्क टाइम्स पत्रिकाले जनाएको छ।
ती आक्रमणका कारण इरानी अस्त्र प्रणालीमा क्षति पुगे(नपुगेकोबारे स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन।