कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएका हुन् : गृहमन्त्री

maitrinews

 

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताउनुभएको छ । सिंहदरबारमा सोमबार बसेको संसदको राज्य व्यवस्था समितिको मन्त्री थापाले पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताउनुभयो ।

मन्त्री थापाले मोटरसाइकलमा आएका व्यक्तिले प्रहरीमाथि फायर गरेपछि प्रहरीले गोली चलाउँदा उनी मारिएको प्रष्ट पार्नुभयो। पौडेल यही असार ५ गते सर्लाहीको वडा नम्बर १ लखनदेहीस्थित जंगलमा मारिएका थिए।

घटनास्थलबाट रिभल्वर एक थान, कटुवा पेस्तोल एक थान र तीनमा लाग्ने गोली ६ थान बरामद भएको उहाँले बताउनुभयो।

उता मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ९विप्लव० समूहका सर्लाही जिल्ला ईञ्चार्ज कुमार पौडेलको हत्या भएकोमा अनुसन्धान सुरू गरेको छ।
गृहमन्त्री थापाले पनि पौडेल घटनाको छानविन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।