यथार्थ बुझेमा मात्र मानिसको जीवन सार्थक हुन्छ

maitrinews

मानिसले अमूल्य जीवन पाएका छन् । मानिसको जीवन सर्वश्रेष्ठ जीवन हो । तर जव हामीले मानव जीवनको अर्थ बुभ्दैनौं, स्वार्थपूर्ण जीवन व्यतित गरिरहेका हुन्छौं । आफ्नै स्वार्थ र भलो मात्र चाहिरहेका हुन्छौं भने जीवनको अन्त्यमा जुन अर्थपूर्ण जीवन बिताउनु पर्ने हो , त्यो हामीबाट छुट्न पुग्छ । मुठठी बाँधेर आएका हामी मुठ्ठी खोलेर जानु छ । मर्दा आफ्नो साथमा कसैले केही लिएर जाँदैन । सवै खाली हात नै संसारबाट बिदा हुन्छ ।
विश्व विजेता स्रमाट सिकन्दर सवैतिर आफ्नौ झण्डा फरफराउँदै अगाडि बढ्दै थिए । तर अचानक उनी बिरामी परे । चिकित्सकहरुले अनेक उपचार गरे पनि उनको रोग निको भएन । सिकण्डर विश्व जित्न निस्कनु अघि उनकी आमाले भनेकी थिएन्, “म बुद्ध भइसकें, त्यसैंले तिमी नजाउँ, मैले अन्तिम समयमा तिम्रो मुख नै हेर्न नपाउँदै मर्छु कि भनी डर लाग्छ ।” तब उनले आफ्नी आमालाई सम्झाँउदै आफू चाँदै आउने बाचा गरेका थिए । ”अन्तिम समयमा म तपाईँकै साथ हुन्छु । मेरो इच्छालाई रोक्ने कसैको सामथ्र्य र्छन । यसप्रकार आमालाई आश्वासन दिएर उनी निस्किएका थिए ।”
आफ्नोअन्तिम समय नजिकिँदै गर्दा उनले आफ्ना सेवकहरुलाई चारैतिर पठाएर भने, डाक्टर, वैद्य जसलाई बोलाउनु परे पनि बोलाऊ । राज्य नै फिर्ता दिनु परे पनि देऊ । जसरी भएपनि मेरो रोग निको पारीदेऊ । तर, चिकित्सकले जे गरे पनि रोग निको नहुने बताए । उनले भने, “त्यसोभए मलाई घर पुर्याइदेऊ, मैले अन्तिम अवस्थामा आमासँग भेट्नै पर्छ ।” तर घर जाँन तीन चार दिन लाग्नेमा आफूसँग त्यति समय पनि नभएको थाहा पाए पनि उनी गहिरो सोचमा परे । मैले जे पनि गर्न सक्छु भन्ने सोच थियो । युद्धका क्रममा मैले कति मानिस मारेँ । कतिलाई घरवार बिहिन बनाएँ । यत्रो विशाल राज्य जितेँ । सम्पत्ति बटुलेँ । तर अहिले ती सवै निरर्थक भयो । यी त सवै व्यर्थका कुरा पो रहेछन् । मेरो जीवन नै व्यर्थ जाने भयो । त्यसपछि उलने आफ्ना सेनापतिहरुलाई बोलाएर भने, म मरेपछि मेरो लाश चिहानसम्म लैजाँदा कफनबाट मेरो दुवै हात बाहिर निकालेर लैजानु । ताकी दुनियाले बुझुन कि महान विश्वबिजेता पनि अन्त्यमा खाली हात जानु पर्ने रहेछ ।
सिकण्डरले जीवनीले स्वार्थपर्ण जीवनको कुनै अर्थ हुँदैन भन्ने राम्रो उदाहरण दिएको छ । त्यसैले जीवनको यथार्थलाई बुभ्ने व्यक्ति मात्र अहंकारविहिन हुनसक्छ । र, सही जीवन बिताउन सक्छ ।