अमेरिकाद्वारा इरानविरुद्ध थप प्रतिबन्धको घोषणा

maitrinews

 

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत् इरानमाथि थप प्रतिबन्ध लगाइएको घोषणा गर्नुभएको छ ।

देशका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीप्रति लक्षित नयाँ प्रतिबन्धहरूलाई ट्रम्पले अमेरिकी ड्रोन खसालिएको र अन्य थप कुराको प्रत्युत्तर भएको बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले इरानी शासनको उत्तेजक व्यवहारका लागि सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई सबैभन्दा बढी जिम्मेवार रहेको भन्दै उहाँविरुद्ध त्यस्तो कदम चालिएको बताउनुभयो ।

इरानी विदेशमन्त्री जावाद जरिफले अमेरिकीहरू ूकूटनीतिलाई घृणा गर्छन्ू भन्दै टिप्पणी गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपतिले नयाँ प्रतिबन्ध घोषणा गरेपछि उनले ट्रम्प प्रशासनले युद्धको तृष्णा देखाएको भन्दै एउटा ट्वीट गर्नुभएको छ ।