म्हैपीमा सरसफाइ कार्यक्रम सम्पन्न

maitrinews

 

काठमाडौँ । नेकपा जनविद्रोहको आयोजनामा का.म.न.पा. १६ म्हैपी टोलमा सरसफाई कार्यक्रम सम्पन्न भयो ।
२३ घण्टा आफुलाई १ घण्टा देशलाई भन्ने मुल नाराका साथ मैदानमा उत्रेको, “नेकपा जनविद्रोह”, बितेका जननेता, क. निर्मल लामाको सिद्धान्त र कार्यशैलीलाई अवलम्बन गर्दै अघि हिड्ने पार्टी भएको बताउछन् पार्टीका महासचिव, निमा फिञ्जो लामा । कार्यक्रमलाई सफल बनाउन “जनविद्रोह”का स्वरुप कालो लुगामा सजिएका नेकपा जनविद्रोहका कार्यकर्ता वाहेक संस्थामा स्थानिय वासीहरुको पनि उपस्थिति थियो । हामी नेपाली जनताहरु आफ्नो छाडेर देशलाई बनाउन लागेकोले गर्दा नै देश अहिले सम्म नबनेको बताउछन् । महासचिव निमा फिञ्जो लामा उनका भनाई अनुसार प्रत्येक नेपालीले देशलाई छोडेर आफ्नो टोलमा मात्र दिनको १ घण्टा समय दिएको खण्डमा देश स्वतः आफै बन्ने छ ।