अछाममा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु

maitrinews

 

अछाम । जिल्लाको चौरपाटी गाउँपालिका–३, शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको ज्यान गएको छ भने ४ जना घाइते छन् ।
से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु हो । मृत्यु हुनेमा रमेश साउद, लक्ष्मी साउद र काली साउद रहेको प्रहरीले जनाएको छ । मृतक तीनै जना दशपल्ले माविका विद्यार्थी भएको शिक्षक लोकबहादुर बोगटीले जानकारी दिनुभयो । बोगटीका अनुसार एसईई परीक्षा दिएर बसेका रमेश परीक्षाफलको प्रतीक्षामा थिए भने लक्ष्मी कक्षा ९ र काली कक्षा ८ मा अध्ययनरत थिए ।

दुर्घनामा ४ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ ।