भूमाफियाका ८६ जनालाई अख्तियारले बोलायो

maitrinews

 

काठमाडौँ । ललितानिवासको जग्गा अनियमिततामा मुछिएका तीन परिवार सहित ८६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि सार्वजनिक सूचना निकालेको छ । अख्तियारले बुधवार ललितानिवासको जग्गा अनियमिततावारे छानविनका क्रममा उनीहरु सहित ८६ जनालाई बयानका लागि डाकेको छ ।
आयोगले बुधबार सार्वजनिक सूचना जारी गरी उनीहरुलाई ७ दिनभित्र उपस्थित हुन सूचना निकालेको हो। यसअघि नै अख्तियारले शोभाकान्त ढकाल र रामकुमार सुवेदीको घरमा पुर्जी टाँसिसकेको थियो। अहिले भने शोभाकान्तको छोरी लक्ष्मी ढकालको नाममा सूचना निकालेको हो। उनी हाल अमेरिका छन्।

सुवेदी र ढकाललाई त्रिताल आयोगले भूमाफिया भनी किटान गरेको थियो ।

सूचनामा उल्लेखित नाममा कल्याण गुरुङको पनि नाम छ। उनी भाटभटेनीका सञ्चालक मीनबहादुरको छोरा हुन्। रामकुमारको श्रीमती माधवी सुवेदीको नाममा पनि सूचना छ भने शोभाकान्तको पत्नी उमा ढकाल्नीको नाममा पनि सूचना निकालिएको छ।

अख्तियारस्रोतका अनुसार, यसरी बोलाइएका अधिकांशमा ललितानिवासमा आफू मोही भनेर दाबी गरेका व्यक्ति छन्।