गाउँपालिका कार्यालयमा आगजनी

 

नरहरिनाथ गाउँपालिकाको कार्यालयमा आगजनी भएको छ । मंगलबार राति अज्ञात समुहले गरेको आगजनीको कारण कार्यालयको सम्पूर्ण कागजात जलेर नष्ट भएको छ । राति करिब १ बजेको समयमा आएको समुहले गाउँपालिका ५ र ६ को कार्यालयमा आगजनी गरेका हुन् ।

नरहरीनाथ गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको झ्याल फोडेर पेट्रोल खन्याइ आगो लगाएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले बताए । ‘राति सबै सुतेको समयमा आगजनी भएको थियो । आगो इलाका प्रहरी चौकी कुमालगगाँउका प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका हुन् ।’ उनले भने,‘आगजनीबाट गाउँपालिकाको सम्पूर्ण कागजात जलेर नष्ट भएको छ ।’

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आगजनी गर्नेको खोजी भइरहेको छ । साथै, नरहरिनाथ गाउँपालिकामा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।