बृहत विदेश नीति संवाद हुँदै

maitrinews

 

काठमाडौँ । नेपालको विदेश नीतिलाई परिवर्तित विश्व व्यवस्था अनुकुल बनाउदै नेपालको अन्तराष्ट्रिय छवि थप उजिल्याउने उदेश्यले भोली काठमाडौँमा विदेश नीति संवाद हुने भएको छ ।

परराष्ट्र मन्त्रालय, परराष्ट्रमामिला अध्ययन प्रतिष्ठानको आयोजनामा हुने उक्त वृहत संवादलाई प्रधानमन्त्री केपीशर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर दुई उदयमान छिमेकी राष्ट्र भारत र चीनसँग सन्तुलित सम्बन्ध अघि बढाएको सरकारले यो संवादमार्फत विश्वमा देखा परेको नयाँ प्रविधिसँग नेपाललाई अभ्यस्त बनाउन सम्बद्ध विज्ञहरुसँग संवाद थालेको हो ।

नेपालको विदेश सम्बन्धलाई दुई छिमेकमा मात्र सिमित नराखी अमेरिका युरोप, आशियन राष्ट्र लगायतका शक्तिराष्ट्र र क्षेत्रिय मन्चहरुमा समेत विस्तार गरेको प्रष्ट भुमिका देशभित्र समेत सवैको विदेश नीतिका सन्दर्भमा समान धारणा कायम हुनुपर्छ भन्नेमा सरकार दृढ छ । त्यसैका निम्ती यो विदेश नीति संवाद श्रृखला शुरु भएको हो ।

सरकारले बाह्यदेश र अन्तराष्ट्रिय बिभिन्न एजेन्सीका विज्ञहरुलाई समेत बोलाएर अन्तराष्ट्रिय स्तरको सगरमाथा संवाद गर्ने तयारी भइरहेको सन्दर्भमा यो विदेश नीति संवादले त्यसको समेत आधार तयार गर्न सहयोग गर्नेछ । पछिल्लो समयमा नेपालमा छिमेकी र पश्चिमा शक्तिहरुको चासो बढिरहेका बेला नेपाललाई सवै शक्तिहरुसँग समान सम्बन्ध अघि बढाउन कस्तो नीति र व्यवहार आवश्यक पर्दछ भन्ने वारेमा समेत विज्ञहरुको सुझाव सरकारले लिनेछ ।

नेपाल चीनीया राष्ट्रपति सी जिनपिङको सपना परियोजना ‘बिआरआई’ को सदस्य भइसकेको अवस्थामा त्यसलाई काउन्टरगर्ने उदेश्यले ल्याइएको ‘इन्डो प्यासिफिक स्टाट्रेजी’ ९हिन्द प्रसान्त रणनीति०मा नेपाल फसेको भन्ने खालका भ्रामक प्रचारका बीचमा त्यसलाई प्रष्टपार्न बृहत संवाद हुन्छ ।

उक्त संवादमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सहभागी विज्ञ र जानकारहरुसँग संवाद गदै उपयुक्त सुझावहरुलाई संग्रहीत गर्ने बताईएको छ ।