बमको चेतावनीपछि भारतीय विमानले गर्‍यो ब्रिटेनमा आपत्कालीन अवतरण

 

लण्डन । भारतीय वायुसेवा एअर इन्डियाको एक यात्रुवाहक विमानलाई ुबमको खतराु भएको सूचना प्राप्त भएपछि सावधानी अपनाउँदै त्यसलाई लन्डननजिकै स्ट्यान्स्टेड विमानस्थलमा अवतरण गराइएको छ।

एअर इन्डियाको एआई(१९१ विमान भारतको मुम्बईबाट अमेरिकाको नेवार्कतर्फ उडेको थियो।

ब्रिटेनको रक्षा मन्त्रालयका अनुसार त्यो विमानलाई रोयल एअरफोर्सका टाइफुन लडाकु जेटहरूको सुरक्षा घेरामा आपत्कालीन अवतरण गराइएको हो।

एअर इन्डियाका अनुसार मुम्बई विमानस्थलमा त्यो विमानमा बम राखिएको चेतावनी एउटा इमेलमा प्राप्त भएको थियो।