ट्रम्प दुई कोरियाबीचको सीमाक्षेत्र जाँदै, किमलाई भेट्ने आशा

सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही बेरपछि दुई कोरियाबीचको सीमा क्षेत्रको भ्रमणमा गएर उत्तर कोरियाली नेता किम जङ(अनसँग भेट गर्ने आशा व्यक्त गरेका छन्।
दक्षिण कोरियाली राजधानीमा आयोजित एक भोजका बखत उनले सिमानाको असैनिकीकृत क्षेत्रमा आफूले भेटघाटको कार्यक्रम आयोजना गर्ने प्रयास गरिरहेको बताए।
उनले त्यो भेटमा ूहेलो भन्नेू अर्थात् एक आपसमा छोटो कुरा गर्ने योजना भए पनि त्यो ूत्यति सहजू नभएको बताए।
उत्तर कोरियाले चाहिँ ट्रम्पको प्रस्ताव ूचाखलाग्दोू भने पनि किम सीमा क्षेत्रमा आउने नआउने पुष्टि गरिसकेको छैन। ट्रम्प उत्तर कोरियाको निरस्त्रीकरणका विषयमा छलफल गर्न दक्षिण कोरियाको भ्रमणमा छन्।
जी २० समूहको शिखर सम्मेलनमा भाग लिन ओसाका पुगेका ट्रम्पले एक ट्वीट सन्देश मार्फत किमलाई दुई कोरियाबीचको असैनिकीकृत क्षेत्रमा भेट्न आउन निम्तो दिएका थिए।