त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घण्टा सञ्चालन

maitrinews

 

काठमाडौं । त्रिभुवन विमानस्थल आजदेखि २१ घण्टा सञ्चालनमा आउने भएको छ। विगत तीन महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि पूर्ववत् रूपमै सञ्चालनमा आएको अधिकारीहरूले बताएका छन्।

तीन हजार मिटर लामो धावनमार्गमा नयाँ कालोपत्र गर्ने काम सकिएसँगै दैनिक २१ घण्टा नै विमानस्थल सञ्चालनमा ल्याइएको उनीहरूको भनाइ छ।

विमानहरू उड्नुअघि प्रयोग गर्ने मार्ग ९ट्याक्सी वे० र विमानस्थल भित्री सडकको निर्माणको काम भने दुई महिनापछि सुरु गरिनेछ।
झन्डै ४० वर्षपछि देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको उक्त धावनमार्गमा नयाँ कालोपत्रे गर्ने भन्दै तीन महिनाका लागि विमानस्थल १० घण्टा बन्द गरिएको थियो।