दोस्रो बाल प्रतिभा प्रस्तुति सम्पन्न

maitrinews

 

न्युयोर्क । एन एन्ड ज्ञ इन्टरटेन्मेन्ट न्युयोर्कले दोस्रो बाल प्रतिभा प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ ।
कवियत्री कमला प्रसाईले नेपाली कला संस्कृति, भेषभूषा , नेपाली समुदायको महत्वबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले १५ वर्षअघि यो संस्था स्थापना गर्नुभएको थियो ।
गएको शनिबार जुन २९ तारिखका दिन अस्तोरियाको चिल्ड्रेन फेडेरेसनको हलमा भएको बाल प्रतिभा कार्यक्रममा न्युयोर्क र बाहिरका ८० जना प्रतिभाशाली बालबालिका सहभागी भएका थिए । नृत्य, गायन, कविता वाचन ,चित्रकला आदि विषयमा बालबालिकाले भाग लिई प्रतियोगिता जितेका थिए ।
१५ जना विभिन्न विधाका विशेषज्ञहरुको निर्णायक मण्डलले प्रथम, द्वितीय, तृतीय हुने प्रतिभा छनोट गरेका थिए । पत्रकार हरिशरण लामिछानेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष कमला प्रसाईले गर्नुभएको थियो । पुरस्कृत बालबालिकालाई पुरस्कार प्रदान गरिएको सो कार्यक्रममा संस्थाका कोअडिनेटर श्रुति अमात्यले स्वागत भाषण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिलगायतका व्यक्तिहरुले मन्तव्यसमेत व्यक्त गर्नुभएको थियो ।