लोक सेवा विज्ञापन विवाद सर्वोच्चद्वारा कर्मचारी भर्नाको बाटो खुला

 

काठमाडौँ । सर्वोच्च अदालतले लोक सेवा आयोगले सुरु गरेको कर्मचारी भर्ना प्रक्रिया अघि बढाउने बाटो खुला गरिदिएको छ।
न्यायाधीशहरू हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बुधवार विज्ञापनविरुद्ध परेका रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि लोक सेवाको बाटो खुला भएको छ।

समावेशी सिद्धान्तअनुसार आरक्षित कोटा नछुट्ट्याइएको भन्दै एकथरीले आलोचना गरेपछि सो विज्ञापन विवादास्पद बनेको थियो।

स्थानीय तहका निम्ति विज्ञापन खुलाउँदा हरेक तहको विज्ञापन अलगअलग निकाल्नु परेकाले सिटको सङ्ख्या कम भएका कतिपय अवस्थामा आरक्षण छुट्याउन नसकिएको आयोगको भनाइ छ।