चीनमा अण्डा पार्ने चट्टान

maitrinews

चीनमा चट्टानले अण्डा पार्ने गरेको छ । दक्षिण पश्चिमी प्रान्त गिझोउमा रहेको चट्टानले हरेक ३० वर्षमा अण्डा पार्ने गरेको छ । २० मिटर अग्लो तथा ६ मिटर चौडा त्यो चट्टानको नाम ‘चन दन या’ हो । यसको अर्थ अण्डा पार्ने चट्टान भन्ने हुन्छ । यसको रङ कालो रहेको छ । हरेक ३० वर्षमा यो ढुंगाबाट एउटा अण्डा आकारको सानो ढुंगा निस्कने गरेको स्थानीयवासी बताउँछन् । यो अण्डा पार्ने चट्टान चीनमा एउटा रहस्यको रुपमा रहेको छ । स्थानीयवासीहरु यो अण्डा पार्ने चट्टानलाई खुसीको प्रतीक मान्छन् । यो चट्टानबाट निस्किएको अण्डा आकारको ढुङ्गा भुइँमा खसेसँगै मानिसहरुले आफ्नो घरमा लैजान्छन् । वैज्ञानिकहरुका अनुसार यो चट्टान ५० करोड वर्ष पुरानो हो । पृथ्वीको इतिहासमा क्याम्ब्रियन कालको चट्टान मानिन्छ यसलाई । विषम मौसमका कारण चट्टान खुम्चने र फैलिने कारणले चट्टानको आन्तरिक समीकरण तथा तत्वमा परिवर्तन हुँदा चट्टानको बाहिरी भागमा विभिन्न आकृतिका चट्टान निस्किने गरेको हुनसक्ने वैज्ञानिकहरु बताउँछन् ।