न्युयोर्कमा श्रद्धाञ्जलि सभा सम्पन्न

maitrinews

 

न्युयोर्क । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका बरिष्ठ कलाकार कृष्णमान तुलाधरको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरी उहाँप्रति श्रद्धा व्यक्त गरियो ।
सत्यनारायण मन्दिरमा आयोजित श्रद्धाञ्जलि सभामा डा. कमल पाण्डेले मुलुकले कृष्णमान तुलाधरजस्तो बरिष्ठ कलाकार गुमाउँदा अपुरणीय क्षति भएको भन्दौ उहाँको जीवनीवारे चर्चा गर्नुभयो ।
सभामा पत्रकार बीके नेवा,कलाकार राजकपुर,कवियत्री अनिता थापा, कवियत्री कमला प्रसाईं र दिलिप श्रेष्ठले उहाँको जीवनी र व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो ।
सभामा बरिष्ठ कलाकार सपनाश्री, राजकपुर, गोमा गुरुङ र अभय श्रेष्ठले भक्ति गीत गाउनुभएको थियो ।
स्व. कृष्णमान तुलाधरकी धर्मपत्नी प्रतिमा तुलाधरको उपस्थिति रहेको उक्त सभाको सञ्चालन बरिष्ठ कलाकार न्हुच्छेनारायण डंगोलले गर्नुभएको थियो भने व्यवस्थापन कवियत्री अनिता थापाले गर्नुभएको थियो । सभामा कलाकार , समाजसेवी तथा सर्वसाधारणको सहभागिता थियो ।
वरिष्ठ कलाकार तुलाधरको गत मे ११ मा निधन भएको थियो । नेपालका सबै जिल्लाको लोक नृत्यका ज्ञाता रहनुभएका तुलाधरले मालती मंगलेलगायत विभिन्न नाटकमा अभिनय गर्नुभएको थियो ।