मैत्रीपूर्ण जीवन बाँच्नु स्वर्गमा विचरण गर्नु समान

maitrinews

बुद्ध मैत्रीका प्रतिमूर्ति हुनुहुन्छ । उहाँमा मैत्री, करुणा, मुद्धिता र उपेक्षाको भाव भरिपूर्ण छ । सम्पुर्ण प्राणीहरुमा उहाँ समान रुपमा मैत्री भाव राख्नुहुन्छ । तथागत बुद्ध भन्नुहुन्छ वैरभाव नर्क समान हो । शत्रुतामा बाँच्नु नर्कमा रहँनु जस्तै हो, त्यस्तै मित्रता कायम गर्नु स्वर्गमा विचरण गर्नु समान हो । उहाँ भन्नुहुन्छ, स्वर्ग र नर्क कुनै भौगोलिक स्थानको नाम होइन, यो केवल मनको अवस्था हो ।
जव हामीमा मैत्री भाव रहन्छ , तव हामी स्वर्गमा विचरण गरिरहेझै हुन्छौं । किनभने कुनै पनि सत्कार्गले मनमा शितलता प्रदान गर्दछ । त्यस्तै जव मन शत्रुतामा अलमलिन्छ तव अशान्त हुन्छ । मृत्युपछिको स्वर्ग अथवा नर्कको अनिश्चिततामा अलमलिरहँनु भन्दा यही जीवनमा प्रात्त गर्न सकिने मैत्री, करुणारुपी अमूल्य निधिलाई विकास गर्न सक्यौं भने स्वर्गमा पाइने सुख शान्ति यही लोकमा प्रात्त गर्न सक्छौं । जव कसैले सम्पूर्ण जगतलाई मित्रको नजरले हेर्छ , यसको अर्थ यो होइन कि सम्पूर्ण जगत उसको मित्र बन्न आयो, र कसैले ऊ सँग शत्रुता गर्ने छैन । यसको मतलव यो हो, कि ती व्यक्तिको हेराईमा परिवर्तन भयो । ऊ स्वयम् परिवर्तित भयो । अरुले शत्रुको व्यबहार गरे पनि उसको मनमा कुनै प्रकारको क्लेश भाव उत्पन्न हुने छैन । त्यसैले मैत्री भावनालाई सवल पार्नु भनेको आफ्नो कल्याण आफैले गर्नु हो । आफ्नो द्धिप आफै बन्नु हो ।
बुद्धकालीन समयमा एकजना पूर्ण नामका भिक्षु थिए । बुद्धले ती भिक्षुलाई बोलाएर भन्नुभयो, पूर्ण तिमी ज्ञानले पुर्ण भैसक्यौ, त्यसैलै अब गाउँ गाउँमा गएर अरुलाई पनि धर्मको मुरा सिकाउन तिर लाग । तव उनले भन्छ, हुन्छ त्यसोभए म सुखा नामको गाउँमा धर्मप्रचारका लागि जान्छु । फेरि बुद्धले भन्नुभयो, पूर्ण ती इलाकाका मानिसहरु नराम्रा स्वभावका छन् । तिमीलाई उनीहरुले दुख दिनेछन् । त्यसैले तिमी त्यहाँ नजाऊ । तव पूर्ण भन्छन्, त्यसैले त उनीहरुलाई मेरो जरुरत छ , हामीमध्ये कोही न कोही त त्यहाँ एकदिन जानैपर्छ । कहिलेसम्म तिनीहरुलाई अन्धकारमा राख्ने ? त्यसैले म त्यहाँ जानैपर्छ ।
पूर्णको कुरा सुनेर बुद्ध भन्नुहुन्छ, तिमी त्यहाँ जाने नै भए जानु भन्दा पहिला मेरो तीनवटा प्रश्नको उत्तर दिएर जाउँ ।
पहिलो प्रश्न, यदि उनीहरुले तिमीलाई गाली गरेर तिम्रो अपमान गर्यौ भने तिमी के गर्छौ ? तव पूर्ण जवाफ दिन्छन् , त्यतिबेला पनि म प्रसन्न नै हुनेछु । मेरो मनमा यही भावना आउनेछ कि यहाँका मानिसहरु असल नै छन् । उनीहरुले मलाई मात्र गाली गरे , पिट्न त आएका छैनन् ।
तव बुद्ध फेरि प्रश्न गर्नुहुन्छ , यदि उनीहरुले तिमीलाई पिट्नै आए भने त्यतिबेला तिमी के विचार गर्छौ ? तब पूर्ण भन्छ, यदि उनीहरुले मलाई हातै हाल्न आए भने पनि मेरो मनमा यही भावना आउँनेछ कि मलाई उनीहरुले केवल हिर्काए , मेरो प्राण त लिएको छैन ।
बुद्ध फेरि तेस्रो प्रश्न गर्नुहुन्छ , यदि तिनीहरुले तिमीलाई मार्नै आए भने तिम्रो मनमा कसतो भाव उत्पन्न होला ? त्यतिबेला पनि पूर्ण भन्छन्, जव म मृत्युको नजिक पुग्नेछ , मेरो मनका यस्तो भावना आउँनेछ , कि ती मानिसहरु जसले मलाई यो दुखरुपी संसारबाट छुटकारा दिलाईरहेका छन्, उनीहरुलाई म धन्यवाद नै दिन्छु ।
भिक्षु पूर्णको यस्तो जवाफ सुनेर बुद्धले साधुवाद दिँदै भन्नुभयो । पूर्ण तिमी जहाँ जाँनु छ जाउँ, अव तिमीलाई कसैले केही गर्न सक्ने छैन । यसको अर्थ यो होइन कि तिमीलाई कसैले गाली गर्दैनन् । चोछ पुर्याउदैनन् । तर अरुले दुख दिए पनि त्यसले तिमीलाई केही असर हुनेछैन । त्यसैले जसले आफ्नो सँगै अरुको हित चाहन्छ उसमा यस प्रकारको अविचलित मैत्री भाव रहन्छ ।