दोस्रो ब्रिटिस कप इन्टर कलेज फुटसल टोर्नामेन्ट सम्पन्न

maitrinews

 

काठमाडौँ । द ब्रिटिस कलेजले आयोजना गरेको दोस्रो ब्रिटिस फुटसल प्रतियोगिता सम्पन्न भएको छ । ढुकु फुटसल हबमा २६ जुन र २७ जुन दुई दिन भएको उक्त प्रतियोगिता एपेक्स कलेजले जितेको छ । कुल २९ वटा टोली सहभागी रहेको उक्त प्रतियोगिताको फाइनलमा एपेक्स कलेज र एनसीएमटी कलेज पुगेका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको अवार्ड एपेक्स कलेजका देवन्स शर्माले जिते । सर्वोत्कृष्ट गोलरक्षकको अवार्ड एन्सीएमटी कलेजका आकाश थापाले जिते ।
विजेता टोलीले ५० हजार नगद पुरस्कार जित्न सफल भयो भने दोस्रो हुने टोलीले ३० हजार नगद जित्यो । विजेताहरुलाई द ब्रिटिस कलेजका प्रिन्सिपल फोस्टर एलिसले पुरस्कार प्रदान गरेका थिए । यस प्रतियोगिताको प्रायोजक एनआइसी एसिया, नरचोक बुटिक, चिकेन स्टेसन्स, चोइसमाण्डु, मिक्सोलोजी, प्रेसिडेण्ट ट्राभल एण्ड टुर रहेका थिए ।