युद्धग्रस्त लिबियामा एक नेपालीको मृत्यु, ८ जनाको उद्धार

maitrinews

 

 

काठमाडौँ।युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन्।मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको रात्रि आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन९आइओएम०लाई उद्धृतगर्दैकायरोस्थित नेपाली दूतावासले जनाएको छ।

आक्रमणमा परी २७ वर्षीय सन्तोष श्रेष्ठ सहित धेरै शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ।यही असार ७ गते उक्त आक्रमण भएकोर नेपाली मृतककाबारेमा थप विवरण प्राप्त नभएको उक्त दूतावासले बताएको छ।

त्रिपोलीमा रहेका श्रेष्ठलाई उद्धारगरी नेपाल फर्काउन दुईदिन अघि मात्र यात्रासम्बन्धी कागजात पठाउन आइओएमले नेपालीदूतावासलाई पत्राचार गरेको थियो।

यसअघि आठजना नेपालीलाई त्यहाँबाट उद्धार गरी नेपाल फर्काइएको र अझै छजना नेपाली आइओएमको शिविर त्रिपोलीमा रहेको तथा उनीहरुलाई चाँडोभन्दाचाँडो नेपाल फर्काउने यास भइरहेको दूतावासले

त्रिपोलीमाकार्यरतनेपालीशान्तिसेनासँगदूतावासलेनिरन्तरसम्पर्कस्थापनागरीसहयोगएवंसमन्वयगरिरहेकोजनाएकोछ।